नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लाको ६ वटा स्थानिय तह मध्ये एक गाउँपालिका हो - कोन्ज्योसोम गाउँपालिका । यो भौगोलिक हिसाबले ८५ डिग्री १५ मिनेट २७ सेकेन्ड देखि ८५ डिग्री २५ मिनेट २३ सेकेन्ड पूर्वी देशान्तर सम्म र २७ डिग्री २८ मिनेट ३६ सेकेन्ड देखि २७ डिग्री ३३ मिनेट ४९ सेकेन्ड उतरी अंक्षामशमा अवस्थित यस गाउँपालिकाको क्षेत्रफ़ल ४४.१८ वर्ग कि.मि र उचाई समुन्द्री सतह बाट १०५३ मि. देखि २६१९ मि. सम्म र औषत अधिकतम तापक्रम २६.४ डिग्री ,औषत नियुतम तापक्रम २.३ डिग्री रहेको पाइन्छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या ९७०९ जसमा सबैभन्दा बढी तामाङ जाती (७५.७८ %) रहेको छ। यस गाउँपालिकामा ५ वटा वार्डहरु वार्ड न. १ चौघरे ,वार्ड न. २ शंखु ,वार्ड न. ३ दलचोकी ,वार्ड न. ४ नल्लु र वार्ड न. ५ भारदेउ रहेका छन्। यस गाउँपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेसा कृषि रहेको पाइन्छ। यस ठाउँमा हरियाली अग्ला पहाडहरु भयकाले प्राकृतिक हिसाबले सुन्दर र मनोरम दृश्यहरु देख्न सकिन्छ।
समाचार
        कोन्ज्योसोम गाउँपालिकाको परिचय  
  
  सेवाहरु
- उपभोक्ता समितिको निवेदन
 - उपभोक्ता भेला गरेको माईन्युटको फोटोकपी
 - उपभोक्ता समितिका अध्यक्ष ,कोषाध्यक्ष,सचिव लगायत सबै सदस्यहरुको नागरिकताको प्रतिलिपि
 - सम्बन्धित वडा कार्यालयको योजना सम्झौता सम्बन्धि सिफारिस
 - योजना किताब भरेको हुनुपर्ने
 - प्राविधिकले तयार गरेको लागत इस्टिमेटको सक्कल प्रति
 - उपभोक्ता समितिको योजना सम्झौताको लागि निवेदन
 - उपभोक्ता समितिबाट उपभोक्ता समिति गठन गरिएको निर्णय र योजना सम्झौता सम्बन्धमा गरेको निर्णयको प्रतिलिपि
 - बजेट सुनिश्चित भै योजना स्वीकृत भएको कागज
 - उपभोक्ता समितिको छाप
 - वडाकार्यालयको सिफारिस
 - प्राविधिक ईस्टिमेट
 - भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
 - उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि
 
                
                
                
                
                
                
                


