FAQs Complain Problems

कोन्ज्योसोम जाऊँ, अर्ग्यानिक वस्तु खाऊँ अवधारणा कार्यान्वयन हुँदै

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अर्गानिक  वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गर्दै गएको छ । गाउँपालिकामा कृषि उत्पादन र पशुपालनबाट उत्पादित वस्तु पूर्ण अर्ग्यानिक भएकाले गाउँपालिकाले कोन्ज्योसोम जाऊँ, अर्ग्यानिक वस्तु खाऊँ भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा बसोबास गर्ने अधिकांश स्थानीयको प्रमुख पेसा कृषि रहेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले “कृषि, पर्यटन, सांस्कृतिक, वातावरण र पूर्वाधार, सुशासन, सभ्य र समृद्ध कोन्ज्योसोमको आधार !” भन्ने मूल नाराका साथ गाउँपालिका अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकालाई  एग्रोटुरिजमको रूपमा विकास गराउँदै आएको छ ।

कृषि क्षेत्रमा कोन्ज्योसोमबाट दैनिक ३० हजार लिटर दूध काठमाडौँमा जान्छ ।  आगामी दिनमा यो सङ्ख्या वृद्धि गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । विभिन्न ठाउँमा कृषि र पशु फार्महरू र गाई फार्महरू सञ्चालन भएका छन् । गाउँपालिकामा किसानहरू आत्मनिर्भर बन्न सफल भएका छन् । किसानहरूले कृषि र पशुपालन सामूहिक प्रणालीमा काम गरेका छन् । यसमा गाउँपालिका र प्रदेश सरकारले अनुदान दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

  गाउँपालिकाको वडा नं. २ मा यस ठाउँबाट खुवा, दही, दूध र पनिर अन्य वडाबाट भन्दा धेरै उत्पादन भई उक्त सामाग्री काठमाडौँ पठाउने गरिएको छ । अहिले गाउँपालिकाले“कोन्ज्योसोम जाऊँ,अर्ग्यानिक वस्तु खाऊँ” भन्ने अवधारणालाई कार्यान्वयन गरिरहेका अध्यक्ष  लामाले स्पष्ट पार्नुभयो 

पुरा समाचार लिंकको लागि यहाँ क्लिक गर्नुहोस 

आर्थिक वर्ष: