FAQs Complain Problems

समाचार

कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक गर्यो कानुनी संग्रह

कोन्ज्योसोम गाउँपालिकाले सार्वजनिक गर्यो कानुनी संग्रह

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले हालसम्म तयार गरेका ऐन ,नियम ,कार्यविधि,नियमावली ,मापदण्ड लगायतका कानुन संग्रह प्रकाशन गरी सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन भए देखिहालसम्म निमार्ण भएका ऐन , नियम , कार्यविधी , नियमावली , मापदण्ड लगायतका कानुन संग्रह निमार्ण गरि चैत्र ७ गते पालिकामा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरेको हो ।

आम नागरीक लाई आवश्यक पर्न कानुनी पाटोहरुलाई एकीकृत सग्रह गर्दा सहज तथा अन्योलता नुहने र काम कार्वही गर्न समेत सहज हुने प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले खोजमिसन न्युजलाई जानकारी दिए । विमोचन कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामा ,उपाध्यक्ष राजन प्रसाद घिमिरे ,प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य , वडा नम्बर एकका वडा अध्यक्ष सन्तलाल लामा , वडा नम्बर ४ अध्यक्ष तिर्थ बहादुर घलान , ५ नम्बर वडा अध्यक्ष विजय कुमार लामा लगायत कार्यपालिका सदस्यहरु र कर्मचारीको उपस्थिति रहेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका लागि संघीय र प्रदेश कानुनसँग नबाझिने गरी आवश्यक कानुन गाउँ सभाले निर्माण गर्न सक्ने अधिकार प्रदान गरे बमोजिम गाउँपालिकाले उक्त अधिकारलाई प्रयोग गदै निमार्ण गरिएको कानुनी सग्रहलाई विमोचन गरेको हो । उक्त कानुनी संग्रहबाट गाउँपालिकाले निर्माण गरेका कानुनका बारेमा सहज जानकारी प्राप्त गर्न सकिनेछ ।

आर्थिक वर्ष: