FAQs Complain Problems

कृषि उद्यम विकासका लागि कोन्ज्योसोम र कृषि उद्यम विकास केन्द्रबीच सम्झौता

 

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका ललितपुर र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम विकास  केन्द्रबीच सहकार्य हुने भएको  छ 

बिहीबार कोन्ज्योसोम गाउँपालिकामा सहकार्यका लागि दुई पक्षबीच सम्झौता भएको हो । दुई पक्षबीच सम्झौता भएसँगै अब कोन्ज्योसोम गाउँपालिकाको कृषि उद्यम विकासका लागि कृषि उद्यम विकास केन्द्रले प्राविधिक र भौतिक सहयोग गर्ने जनाइएको छ । 

कोन्ज्योसोम गाउँपालिकामा प्राकृतिक वातावरणसँगै विषादिरहित उर्बर भूमि रहेको छ । स्थानीय तरकारी र अन्नबाली सबै अर्गानिक भएकाले दुई पक्षबीचको सहकार्यले कृषि उद्यम विकासका लागि थप टेवा पुग्ने अपेक्षा गाउँपाकालिकाले गरेको छ । 

सम्झौता पत्रमा हस्ताक्षर भएसँगै गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले गाउँपालिकाको कृषि उत्पादन, प्रबद्र्धन र बजारिकरण गर्नका लागि दुई पक्षबीच भएको सम्झौताले नयाँ आयामा थप्ने बताए । 

आर्थिक वर्ष: