समाचार
स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि प्रारम्भिक छलफल कार्यक्रम सम्पन्न
कोन्ज्योसोम गाउँपालिकाको आयोजनामा आज मिति २०८० चैत्र १० गते स्थानीय बिषयको पाठ्यक्रम निर्माण सम्बन्धि एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    






