कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको रूपमा रहेको कोन्ज्योसोम प्रतिमा समुद्घाटन समारोह मिति २०८१ साल ज्येष्ठ १० गते बुद्धजयन्तीको अवसरमा हुने भएकोले उपस्थितिको लागि सम्पूर्णमा अनुरोध छ ।
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको अन्तगर्त कोन्ज्योसोम प्रतिमाको भव्यरुपमा उद्घाटन हुने भएको छ । २०८१ जेठ १० गते बुद्धजयन्तीको दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन गर्न लागेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।