FAQs Complain Problems

समाचार

जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्यमा समृद्ध पालिका बनाउन सकिन्छ

 

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको नियमित समन्वय र सहकार्यमा मात्र समृद्ध स्थानीय तह निर्माण गर्न सकिने बताएका छन । 

सत्य आवाज  संग कुरा गर्दै नीति निर्माण गर्ने जनप्रतिनिधि र उक्त नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने कर्मचारीबीचको नियमित समन्वय र सहकार्यबाट समृद्ध स्थानीय तह निर्माण गर्न सकिने स्पष्ट पारे । आचार्यले कोन्ज्योसोम गाउँपालिकामा  अहिले नियमिति रुपमा जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्यमा नीति निर्माण गरी उक्त नीति लाई व्यवहारमा कार्यान्वयन गर्ने काममा निरन्तर सक्रिय भएर लागिएको बताए । 

प्राकृतिक र धार्मिक सम्पदाको अनुपम नमूना  रहेको कोन्ज्योसोम गाउँपालिकामा अधिकांश तामाङ समुदायका व्यक्ति बसोबास गर्ने भन्दै उनले नागरिकलाई सचेतना अभिबृद्धि गर्दै गाउँपालिकाले गरेको हरेक कामका बारेमा नागरिकलाई प्रश्न गर्न सक्ने बनाउनु अहिलेको चुनौति रहेको बताए । 

विकास निर्माण र नियमित सेवा प्रवाह गर्ने काममा गाउँपालिकाले निरन्तरता दिए पनि गाउँपालिकाले कहाँ, कुन, कुन शिर्षकमा बजेट खर्च गरेका छन् भन्ने बारेमा सेवाग्राहीले चासो राखेर खोज्नुपर्ने चर्चा गर्दै त्यसका लागि स्थानीय सेवाग्राहीलाई सचेतना अभिबृद्धि गर्दै जानुपर्ने जिकिर गरे । 

गाउँपालिकाले गरेको सेवा प्रवाह र विकास निर्माणको बारेमा नागरिकलाई जानकारी गराउनका लागि हालै मात्रै गाउँपालिकाले सबै वडा हुँदै गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न गरेको पनि  प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए । 

थप समाचार पढ्न यहाँ क्लिक गर्नुहोस 

आर्थिक वर्ष: