FAQs Complain Problems

समाचार

कोन्ज्योसोम वडा नं.२ शंखु को सार्वजनिक सुनुवाई सम्पन्न

ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नं २ को सार्वजनिक सुनुुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र थ्री ब्रदर्श मिडिया प्रा.ली.को सहजीकरणमा मिति २०८० पौष २४  गते मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।

५ वटा वडामा विभाजित गाउँपालिकाले सबै वडामा पालिकाका जनप्रतिनिधिको उपस्थितिमा सार्वजनिक सुनुवाई गर्ने क्रममा मंगलवार वडा नं २ को कार्यालय शंखुबाट सुरुवात भएको छ । स्थानिय नागरिकको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रममा वडाले प्रदान गर्ने सेवा प्रवाह, विकासका गतिविधि, कर्मचारीको कार्य शैलि, कृषकका गुनासाहरुमा केन्द्रित भएर नागरिक स्तरबाट प्रश्न उठेका थिए ।

नागरिक स्तरबाट आएका प्रश्न, जिज्ञासा तथा गुनासोहरुको सम्बोधन गर्न प्रमुख वक्ताका रुपमा गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजन प्रसाद घिमिरे, वडा नं २ का अध्यक्ष रोहन घलान लामा र प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य उपस्थित थिए । वडा नं २ को गत आर्थिक वर्षको प्रगति विवरण पूर्व वडा सचिव सल्लेसमान बम्जन, चालु आर्थिक वर्षको कार्यसम्पादन प्रतिवेदन वडा सचिव कविता दहाल र पशु तथा कृषिको कार्य सम्पादन प्रतिवेदन सहायक पशु सेवा प्राविधिक नवराज घिमिरेले प्रस्तुत गरेका थिए ।

 

https://palikawatch.com/palika-special/2024/01/11/170494409160772798.htm...

 

आर्थिक वर्ष: