FAQs Complain Problems

समाचार

कोन्ज्योसोममा खेलकुद र वाङ्मय पादधिकारीको शपथ ग्रहण

ललितपुर ।  ललिपतुरको कोन्ज्योसोम गाउँपालिकाले सात सदस्यीय  खेलकुद विकास समितिका पदाधिकारीहरुको र  ११ सदस्यीय वाङ्मय  प्रतिष्ठानका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । 

मंगलबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा कोन्ज्योसोम गाउँपालिका खेलकुद परिषद गठन सम्बन्धि कार्यविधि २०८० बमोजिम  गठित  ७ सदस्यीय  खेलकुद विकास समितिका पदाधिकारीहरुको र वाङ्मय प्रतिष्ठान ऐन २०७९ बमोजिम गठित  ११ सदस्यीय वाङ्मय  प्रतिष्ठान पदाधिकारीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएकाको छ । कार्यक्रममा वडा नं. १,वडा नं. २,वडा नं. ३ का वडा अध्यक्षज्यूहरु,शाखा प्रमुखज्यू लगायतकाको सहभागिता रहेको थियो ।  

गाउँपालिका अध्यक्ष कृष्णमान लामाले खेलकुलको विकासले व्यक्तिलाई स्वस्थ हुनुका साथै समग्र गाउँपालिकालाई नै स्वस्थ राख्ने बताए । कार्यक्रममा गाउँपालिकाले आगामी दिनमा खेलकुद र वाङ्मलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै जाने नीति बनाएको छ । 

थप समाचारको लागि यहाँ थिच्नुहोस 

आर्थिक वर्ष: