FAQs Complain Problems

समाचार

कोन्ज्योसोमद्वारा धुलिखेल घोषणा पत्र कार्यान्वयन गर्न हस्ताक्षर अभियान

कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७९-/८० को वार्षिक समिक्षा र आर्थिक वर्ष २०८०/८१ प्रथम चौमासिक समिक्षा गर्दै उठेका सवालहरुलाई समेटिएर जारी भएको धुलिखेल घोषणा पत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । बुधबार गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीबाट संयुक्त रुपमा हस्ताक्षर गरी घोषणा पत्र कार्यान्वयन गर्ने प्रतिबद्धना जनाएका हुन् ।
केही दिन अगाडि धुलिखेलमा जारी भएको घोषणा पत्रमा गाउँपालिकाको तत्काल, अल्पकाल र दीर्घकालिन रुपमा कार्यान्वयन गर्नुपर्ने विषयमा समेटिएको थियो । जनप्रतिनिधि र कर्मचारीले संयुक्त हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै गाउँपालिका छिट्टै समृद्ध तर्फ अगाडि बढाउन सकिने आधार तयार भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बताउनुभयो ।
गाउँपालिकाले ३४ बुँदे धुलिखेल घोषणा पत्रमा गाउँपालिका भित्रका आर्थिक, सामाजिक, पूर्वाधार सुशासन तथा संस्थागत विकास, वन वातवारण र विपत व्यवस्थापन लगायतको क्षेत्रको विकास र हालको अवस्थाको मूल्याङ्कन गर्ने लगायतका विषय समेटिएको छ ।
गाउँपालिकाका विकासका लागि गर्न सकिने नविनतम संभावनाका क्षेत्रहरुको खोजी गर्ने उद्देश्यले धुलिखेल घोषणा पत्र जारी गरिएको हो । गाउँपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यको समिक्षा र यस आर्थिक वर्षको चार महिनामा भएको कामको मूल्यांकनका आधारमा घोषणापत्र जारी गरिएको हो ।
घोषणा पत्रमा पूर्वधार, वन वातावरण तथा विपत व्यवस्थापन, सुशासन तथा संस्थागत विकास, आर्थिक, सामाजिक विकास गाउँपालिकाले आगामी दिनमा अपनाउनुपर्ने नीति र कार्यान्वयन गर्नुपर्ने कार्यक्रमहरु धुलिखेल घोषणा पत्रमा समेटिएको छ । घोषणा पत्रमा गाउँपालिकालाई समृद्ध बनाउन व्यवस्थित र प्रभावकारी नीति कार्यान्वयन गर्न सकिने विभिन्न सवालहरुलाई समेटिएको कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

 

https://sambahak.com/?p=67594&fbclid=IwAR0yd6HtOtcrzHwIbUgWUq0Ew6WCyRSDO...

आर्थिक वर्ष: