FAQs Complain Problems

नीति तथा कार्यक्रममा समावेशका लागि आइडिया पठाउन कोन्ज्योसोमको आग्रह

नीति तथा कार्यक्रममा समावेशका लागि आइडिया पठाउन कोन्ज्योसोमको आग्रह

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷ ८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न सरोकारवालाई कोन्ज्योसोम गाउँपालिकाको सर्वपक्षीय विकासको सन्दर्भमा आइडिया समावेश गरी पठाउन आग्रह गरेको छ । 

उपलब्ध भएका आइडियालाई गाउँपालिकाले आइडिया बैंकमा समावेश गरी क्रमश ती आइडियालाई नीति तथा कार्यम्रममा समावेश गरी योजनाको रुपमा कार्यान्वयन गर्दै जाने गाउँपालिकाले मङ्गलबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले सूचनामा उल्लेख गरेको इमेल वा फेसबुक पेजको ठेगानामा आइडिया पठाउन आग्रह गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्धारा हस्ताक्षरिक्ष सूचनामा गाउँपालिकाको सर्वपक्षीय विकासको सन्दर्भमा आइडिया पठाउन सरोकारवालाई आग्रह गरिएको उल्लेख गरिएको छ ।  

आर्थिक वर्ष: