FAQs Complain Problems

समाचार

गाउँसभाको १२ औ अधिवेशन कार्यक्रम

आज मिति २०८० असार १० गते गाउँसभाको  १२ औँ  अधिवेशन प्रतिनिधिसभा सदस्य माननीय श्री  उदय शमशेर राणा ज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन भई उल्लेखित  केहि महत्वपूर्ण नीति तथा कार्यक्रमहरु,बजेट सभामा  पेश भएको साथै उत्कृष्ठ  कर्मचारी सम्मान कार्यक्रम समेत  सम्पन्न भएको छ l 

 सभामा  पेश केहि महत्वपूर्ण नीति तथा कार्यक्रमहरु

१ )पालिकाले अध्यक्ष ,उपाध्यक्ष कार्यक्रम शिर्षकमा रकम बिनियोजन नगरी वडालाई २ लाख भन्दा कम रकमको योजना  नबनाउने गरी  कार्यक्रम गर्ने अधिकार दिईएको साथै शिक्षा ,स्वास्थ्य ,सामाजिक ,आर्थिक बिकासका कार्यक्रममा  बिशेष जोड दिइने 
२)काठमाडौँ उपत्यका भित्रका नगरपालिका ,महानगरपालिका सँग भगिनी सम्बन्ध  स्थापना गरी सामाजिक सेवाका कामहरु गर्ने 
३) ५ वर्ष भित्र प्रत्येक वडामा नमुना बिद्यालय स्थापना  गर्ने साथै शिक्षकहरुको तलब भत्ता प्रत्येक महिना निकासा गर्ने 
४) ५ वर्ष भित्र लेले चन्दनपुर ,मध्यमार्गी सडक ,बिर्खेधारा दल्चोकी शंखु सडक पक्कि बनाईसक्ने साथै नल्लु करिडोर ,सिँगाने भन्ज्याङ तिनपाने सडक,कतवन भन्ज्याङ  भट्टेडाँडा सडक  ,ठोट्ने खोला करिडोर लगायतका सडक स्तरोन्नति गर्ने लगायत  अन्य सडकहरुको पनि स्तरोन्नति लगायतका अन्य विकासकार्य गर्ने 
५)बन बातावरणको क्षेत्र निर्धारण गरेर पर्यटन प्रवर्धन पूर्वाधारका क्षेत्रमा काम गर्ने 
६ )गाउँपालिकाको भाषा संस्कृतिको सरक्षण तथा  प्रवर्धन गर्ने काम  वाङ्ग्मय प्रतिष्ठान  मार्फत गर्ने 
७)गाउँ खेलकुद बिकास समिति गठन गरी खेलकुद क्षेत्रको विकास प्रवर्धन गर्ने 
८)सम्भाव्यता अध्ययन गरी गाउँपालिका क्षेत्रभित्र १ मेगा वाट को सोलार प्लान्ट निर्माण गरी बिद्युत  उत्पादन गर्ने  
९)गाउँपालिकाले तालिम केन्द्रको स्थापना गरी  राष्ट्रिय अन्तराष्ट्रिय बजारमा  समेत खपत हुने दक्ष जनशक्ति  उत्पादनमा  जोड दिने 
१०)प्राबिधिक तथा अन्य बिषय अध्ययनको लागि कोषमार्फत  छात्रवृधि  प्रदान गर्ने 
११ )ठोट्नेखोला र टुङ्गुन खोलामा ड्याम निर्माण गरी पर्यापर्यटनमा जोड दिने 
१२ )खानेपानी ,सिंचाई ,भौतिक पूर्वाधार निर्माणमा जोड दिदै माइलस्टोन तोकेर विकास निर्माणका कार्यक्रमहरु संचालन गर्ने 
१३ )कृषिजन्य उत्पादन,रैथाने बालीको बजारीकरण गर्दै दुध पकेट क्षेत्र ,कृषि पकेट क्षेत्रको विकास गर्ने

आर्थिक वर्ष: