FAQs Complain Problems

समाचार

गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता संचालन भइ सफलतापुर्बक सम्पन्न

मिति २०८०/०८/२८ र २९ गते संचालन भएकाे काेन्ज्याेसाेम गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता ३ वटा विधाका २३ वटा इभेन्टमा संचालन भइ सफलतापुर्बक सम्पन्न भएकाे छ । यस प्रतियाेगितामा ९ स्वर्ण,४ रजत र ४ कास्य पदक प्राप्त गरि श्री बालेश्वरी माध्यमिक विद्यालय भारदेउ प्रथम स्थान हासिल गरेर ट्रफी, प्रमाणपत्र तथा विभिन्न विधाका मेडल सहित प्रथम रनिङ शिल्ड हात पार्न सफल भएकाेमा सम्पुर्ण खेलाडी विद्यार्थीहरु लगायत विद्यालय परिवारलाई बधाई तथा अन्य विजेता विद्यार्थी एवं विद्यालयहरुलाइ पनि बधाई का साथ उत्साहजनक सहभागीताका लागि सम्पूर्ण विद्यालय एव विद्यार्थीहरुलाइ धन्यवाद छ । २ दिन सम्म संचालन भएकाे यस खेलकुद प्रतियाेगितालाइ सफलतापुर्बक सम्पन्न गर्न आ-आफ्नो  तह र तप्काबाट सहयाेग पुर्‍याउनु हुने विद्यालयका प्र अ ज्युहरु,खेलकुद शिक्षक तथा अन्य शिक्षकहरु,विद्यार्थी भाइबहिनीहरु, सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी ,व्यवस्थापकीय विद्यालय श्री बाघभैरव मावि चाैघरेका सम्पुर्ण परिवार,स्वयंसेवक ,व्यवस्थापक ,अतिथि,खेलका निर्णायक लगायत कार्यक्रमकाे शाेभा बढाइदिनका लागि कार्यक्रमस्थलमा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरुमा आयाेजक आभार र धन्यवाद दिन चाहन्छौं ।

आर्थिक वर्ष: